दशैँ सकिएसँगै भारती मानन्धरद्वारा माइतीघर मण्डलामा पुन अनसन सुरु

काठमाडौ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छिन । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गरेकी हुन । भारतीले आजबाट माईतीघर मण्डलामा पुनः रिले अनसन थालेकी हुन । श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

प्रतिक्रिया