दशैं मनाउन जानेहरू फर्कन थालेसंगै उपत्यकाका नाकामा भीड

दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ ।  अहिले उनीहरु गाउँबाट फर्किरहेका छन् । काठमाडौँका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका नाकाबाट यात्रु बोकेका बस, माइक्रोबस, मिनिबस बाक्लो संख्यामा भित्रिएको ट्राफिक प्रहरीले जनाएको  । कोटेश्वर, जडीबुटी, लोकन्थलीलगायतको स्थानबाट उल्लेख्य संख्यामा यात्रीहरू अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप तथा पूर्वतिरका विभिन्नबाट काठमाडौं फर्किएका छन । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको ट्राफिक प्रहरीले जनाएको छ । नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । दशैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । यसवर्ष दशैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको छ । 

प्रतिक्रिया