मुलुकभर झन्डै ५० प्रतिशत व्यावसायिक सटर खाली
मुलुकभर झन्डै ५० प्रतिशत व्यावसायिक सटर खाली भएको पाइएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले रोजगार गुम्दै जानु, सहकारीबाट प्रवाह हुने साना ऋण रोकिनु, बैंकहरूले लगानी नपत्याउनुलगायत विविध कारणले व्यवसायी पलायन हुने क्रम बढिरहेको जनाएको हो । वैशाखमा तथ्यांक संकलन गर्दा देशभर करिब ३५ प्रतिशत सटर बन्द भइसकेको र दशैं तिहारपछि यो क्रम झनै बढने संघको भनाइ छ । राजधानीकै ठुला मलका अधिकांश सटर खाली भएका छन । कोरोनादेखि शुरु भएको आर्थिक मन्दीलाई सम्बोधन गर्न सरकारले प्रयास नगर्दा व्यवासाय धरासायी भएको धेरैको गुनासो छ । नेपाल राष्ट्र बैंकले पनि नियमनकारी भूमिका निर्वाह नगर्दा व्यवसायी संकटमा परेको संघले जनाएको छ । सटर भाडा पनि मनोमानी भएको र वैज्ञानिक भाडा दर लागू नहुँदा व्यवसायी थप मारमा परेका छन । प्रत्येक वर्ष १० प्रतिशतले भाडा दर बढदा नयाँ व्यवासायीले लगानी गर्न नसकेको र पुराना हतोत्साहित भएको बताइन्छ । बैंकको १६ प्रतिशत ब्याजदर, सटरको चर्को भाडा दर र भन्सार दरले व्यवासाय थप संकटमा परेको छ ।
प्रतिक्रिया