किसानलाई दशैंमा पनि धान भित्र्याउने चटारो
ललितपुरका किसानलाई दशैँको बेलमा पनि धान भित्र्याउने चटारो छ । र ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा लगाउन लागिपरेका छन् । यसवर्ष पानी धेरै नपरेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ ।
धान पाकिसकेकाले दशैँको बेलामा पनि दशैँ मनाउन छोडेर धान काट्न व्यस्त रहेको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनी झेल्दै आएका छन् । खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।
प्रतिक्रिया