चीनकाे पूर्वप्रधानमन्त्री छ्याङका निधन

चीनको पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको छ । चिनिया सरकारी सञ्चारमाध्यम सीसीटीभीले आज विहान उनको मृत्यु भएको जनाएको हो । उनी चिनियाँ कम्युनिस्ट पार्टी ’सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् । उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो । २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए । सन् २०२२ मा भएको पार्टीको २०औँ महाधिवेशनबाट महासचिवमा निरन्तर रहेसँगै सीको तेस्रो कार्यकाल सुरु भएपछि ली भने पार्टीको स्थायी समिति र प्रधानमन्त्रीबाट विदा भएका थिए ।  ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए । पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए । 
 

प्रतिक्रिया