मधेशमा पदीय मर्यादा र नियम कानुन विपरित काम गर्ने होड बढ्दो

मधेश प्रदेशका जनप्रतिनिधि र कर्मचारीहरुमा पदीय मर्यादा र नियम कानुन विपरित काम गर्ने होड नै चलेको भन्दै अख्तियारमा उजुरी गर्ने क्रम बढेको छ । गत वर्ष अख्तियारमा सबै भन्दा बढि उजुरी धनुषाबाट ४ सय ४२ वटा परेका छन भने त्यसमा पनि जनकपुरधाम उपमहानगरपालिकाको सबभन्दा अगाडि छ । । सार्वजनिक खरिद, बिकास निर्माणमा जनप्रतिनिधि कर्मचारीको मिलोमतो, गलत इस्टिमेट, बजेट टुक्राएर खरिद गर्ने जस्ता विषयमा उजुरी पर्ने गरेका छन । 
कमिसनकै लागि आवश्यकता भन्दा अधिक सामग्रीहरू खरिद गर्ने प्रबृति, अनावश्यक डीपीआर तयार, तालिम गोष्ठीको नाममा भ्रष्टाचार, सामाजिक सुरक्षा भत्ता बितरण, राजश्व चुहावट लगायत समेत मधेसमा बढी देखिएको छ । 
स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै सिरहाबाट २ सय ९५, महोत्तरीबाट २ सय ८० र सर्लाहीबाट २ सय ३६ वटा उजुरी दर्ता भएको अख्तियारको तथ्यांकले देखाउछ । अख्तियार महोत्तरीमा गतबर्ष ११ सय ४७ र चालु आर्थिक वर्षको मात्र २ महिनामा ८ सय २४ सहित जम्मा १९ सय ७१ वटा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका छन । जस मध्ये १ सय १३ वटा मात्र फछ्र्यौट भएको छ ।

प्रतिक्रिया