अध्यक्ष ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भयो: महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भइरहेको बताएका छन् । आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका हुन् । पोखरेलले ओलीमाथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको पनि टिप्पणी गरेका छन् । उनले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति केपी शर्मा ओली नै भएको दाबी पनि गरेका छन् । पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने राजाबादीहरुले अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर प्रचार गरेको उनको आरोप छ । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार भएको उनको दाबी छ ।
प्रतिक्रिया