उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ उपचारपछि स्वदेश फिर्ता
चीन भ्रमणका क्रममा हृदयाघात भएपछि बेइजिङमै अस्पताल भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी उपचारपछि आज स्वदेश फर्केका छन् । उपप्रधानमन्त्री श्रेष्ठ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्केका हुन । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपछि दुई दिनअघि उनी डिस्चार्ज भएका थिए । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन बीएफआरमा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक एक गते हृदयाघात भएको थियो ।
प्रतिक्रिया