कोरोना प्रभावित विपन्नले पाउनुपर्ने रकम कार्यकर्तालाई वितरण

कोरोना प्रभावित विपन्न परिवारका लागि संघीय सरकारबाट निकासा भएको अनुदान महोतरीका स्थानीय तहले चरम दुरुपयोग गरेको पाइएको छ । मटिहानका मुस्तफा हुसेन र रुसना खातनुले पार्टीका कार्यकर्तालाई कोरोना पीडितको रकम वितरण गरेको भन्दै उजुरी दिएपछि दुरुपयोग सार्वजनिक भएको हो । उपप्रमुख संयोजकत्वमा रहेका समितिबाट निर्वाचित पदाधिकारीका पार्टीका कार्यकर्ता कार्यकर्तालाई कोरोना प्रभावित व्यक्ति भन्दै प्रतिव्यक्ति दश हजार वितरण गरिएको पीडितको आरोप छ । 

मटिहानी नगरपालिका मात्र होईन महोतरीका १५ वटै स्थानीय  तहमा मा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा  नक्कली कोभिड प्रभावितलाई सक्क्ली कोभिड प्रभावित भनेर किर्ते कागज खडा गरेर प्रतिव्यक्ति दश हजार रूपैया राहत प्रदान गरेका छन । तर त्यसको दुरुपयोग भएको स्वास्थ्यकर्मीकै भनाइ छ । 

रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत गर्न नसकी बेरोजगार भएको र आय आर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्घट झेल्नु परेकालाई राहत दिने कार्यविधि भएपनि त्यसको उलग्घन भएको हो । कोरोना पीडितको रकम अनियमिताबारे छानविन भैरहेको अख्तियार महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया