उपत्यकामा पचास हजारभन्दा बढी खसीबोका खपत, ६० अर्बको मासुको कारोबार
दसैंको घटस्थापनादेखि नवमीसम्म मात्रै काठमाडौं उपत्यकामा ५० हजारभन्दा बढी खसीबोकाको खपत हुने गरेको छ । अन्य महिनामा काठमाडौं उपत्यकामा झण्डै ५२ हजार खसीबोका खपत हुने गरेकोमा दशैंका दश दिनमा त्यो भन्दा बढीको खपत हुने गरेको पशु सेवा विभागले जनाएको छ । नेपालमा वार्षिक ५ लाख टनभन्दा बढी मासु उत्पादन हुने गरेको विभागको तथ्यांक छ । यसमा सबैभन्दा बढी हिस्सा ४० प्रतिशत कुखुराको छ । दोस्रो स्थानमा ३७ प्रतिशतले राँगा, १४ प्रतिशत खसीबोका र ७ प्रतिशत बंगुरको रहेको तथ्याकले देखाउछ । नेपालमा वार्षिक ५ लाख टन माग हुने गरेकोमा ५ लाख १० हजार टन मासु उत्पादन हुने गरेको छ । वर्षभरिमा प्रति नेपालीलाई १४ किलो आवश्यक भए पनि अहिले २१ किलो उपलब्ध रहेको विभागले जनाएको छ । तथ्यांक अनुसार नेपालमा अहिले ३४ लाख किसान पशुपन्छी पालनमा छन् । दशैंतिहार जस्ता ठूला चाडबाडमा मात्र ६० अर्बभन्दा बढीको मासु खपत हुने गरेको तथ्यांकले देखाउछ ।
प्रतिक्रिया