एनआरएनएको असन्तुष्ट पक्षद्वारा पदभार ग्रहण
गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनबाट असन्तुष्ट भइ नयाँ कार्यसमिति गठन गरेको राजकुमार शर्मा नेतृत्वको असन्तुष्ट पक्षले पदभार ग्रहण गरेको छ । सोमवार काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यलयमा गइ पदाधिकारीहरुले एक अर्कालाई बधाइ र खादा लगाइदिँदै काममा लागेका हुन् । काममा लागेको घोषणा गर्दै अध्यक्ष शर्माले विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने कार्य अहिले प्रमाणित भएको बताए ।
अध्यक्ष शर्माले आफूहरुसँग सहमति भएको १२ घण्टा नबित्दै निर्वाचित अध्यक्ष बद्री केसीले शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि भएको बताए । रि भोटिङ गर्ने भए अझै आफू तयार रहेको भन्दै उनले संस्थाले केही गुट र सिमित व्यक्तिको हीतमा कम गर्नु नहुने बताए । आफूहरुको बिद्रोह संस्था बचाउनको लागि भएको अध्यक्ष शर्माको दाबी छ ।
प्रतिक्रिया