धादिङ केन्द्र भएर ६.१ म्याग्निच्यूड भूकम्पको धक्का

धादिङ, ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प पश्चात धादिङ नै केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडका अरु ३ वटा भूकम्प गएका छन । बिहान ८ बजेर ८ मिनेटमा ४ दशमलब दुई , बिहान ८ बजेर २८ मा ४ दशमलब तीन  र बिहान ८ बजार ५९ मा ४ दशमलब एक  म्याग्नेच्युडको परकम्प गएको केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का  काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पको धक्का धादिङ, नुवाकोट, तनहुँका साथै बुटवलसम्म महसुस गरिएको छ । भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको छ । माटाका ढिस्काहरू भत्कने बाहेक घर र जनधन क्षतिको विवरण नआएको गाउँपालिकाले जनाएको छ । भाग्ने क्रममा गोरखामा एक महिला घाइते भएकी छिन । पछिल्लो पटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ । यो नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रले जनाएको छ । यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प भएको केन्द्रको भनाइ छ । त्यसयता परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गर्न रोकिएको थियो । यसअघि गएको महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक–पटक भूकम्प गएको थियो  । गएको २ गते राति बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसैगरी, असोज १६ गते  ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि बझाङमा लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको बेला धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  
 

प्रतिक्रिया