इजरायलमा मारिएका तीन नेपालीको शव काठमाडौंमा, थप एक शव आएपछि  धनगढी पठाउने

इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएको छ । इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव नेपाल पठाइएको  छ । जसमध्ये तीन वटा शवलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याइएको छ भने एउटा शव दिउँसो आइपुग्ने भएको छ । हमास बिद्रोहीले इजरायलमा आक्रमण गर्ने क्रममा निर्दोष दश नेपाली विद्यार्थी मारिएका  थिए । जसमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको शव आइपुगेको हो । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने छ । शव लिनको परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल पुगेका थिए । सो क्रममा मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली समेत प्रकट गरिएको थियो । चौधरीको शव पनि आएपछि पक्रिया पु¥याएर आजै धनगढी पठाइने छ । गत अक्टोबर ७ तारिक गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ । 


 

प्रतिक्रिया