ट्राफिक नियम उल्लंघन गर्ने हजार भन्दाबढी चालकलाई कारबाही

दसैंमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार भन्दाबढी चालकलाई एकै दिन प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैंको फुलपातीको दिन १ हजार १२ जना सवारी चालक कारबाहीमा परेका हुन । नियम तोड्ने चालकहरु ट्राफिक प्रहरीले कारबाही गरेको हो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, रेड लाइटको नियम नमान्ने, ओभर स्पिडमा सवारी चलाउने, जथाभावी हर्न बजाउने लगायतका ट्राफिक नियम तोडेकालाई प्रहरीले जरिवाना लगायतका कारबाही गरेको हो । ट्राफिक प्रहरीले उपत्यकामा एकै दिन  ७७ जना चालकलाई मापसे कारबाही पनि गरेको छ । साथै तिब्र गतिमा सवारी चलाउने ४ सय २१ जनापनि कारबाहीमा परेका छन । लेन अनुशासन नमान्ने १७ जना चालकलाई पनि दण्डित गरिएको छ । दशैंलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । 

प्रतिक्रिया