सुदूरपश्चिम सरकार र उद्योग वाणिज्य महासंघबीच सहकार्य सम्झौता
सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यसम्बन्धि सम्झौंता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउने मुख्य उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्यको हात अघि बढाइएको बताए । उनले अथाह सम्भावना भएको सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने अभियानमा जुट्न सबै लगानीकर्ताहरुलाई आह्वान समेत गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्य सम्बन्धि समझदारी पत्रलाई परिणाममुखि बनाउने गरी महासंघले काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया