सद्भाव विनाको राष्ट्र परिकल्पना समेत गर्न सकिदैन: पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले सद्भाव विनाको राष्ट्र परिकल्पना समेत गर्न नसकिने बताएका छन् । विजया दशमी २०८० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनुपर्ने बताएका हुन् । पूर्वराजा शाहले लोकहित र अग्रगतिको नाममा भएको परिवर्तनले सुधार गर्न नसकेको टिप्पणी गरेका छन् । जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्ने भन्दै उनले  देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका छन् । व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको शाहले बताएका छन् ।  उनले जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन भनी प्रश्न समेत उठाएका छन् ।
 

प्रतिक्रिया