देश विकासमा पछाडि फर्कने र यथास्थितिमा रुमलिने छुट छैन: प्रधानमन्त्री  दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देश विकासमा पछाडि फर्कने र अहिलेकै यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन् ।  बडा दसैंको शुभकामना दिँदै प्रधानमन्त्रीले जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका हुन । प्रधानमन्त्री दाहालले यतिखेर मुलुक अवसर र चुनौतीको कठिन परिस्थितिबाट गुज्रिइरहेको पनि उल्लेख गरेका छन । 
लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धीहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती मुलुकका सामु रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखापर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोध राष्ट्र निर्माणमा राष्ट्रि एकताको भावना लगायतका कैयन् चुनौती मुलुकका सामु रहेको उनले बताएका छन । दृढ अठोटका साथ  राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सक्यौं भने हामी हरेक अवरोधलाई छिचोल्ने प्रधानमन्त्री दाहालको विश्वास छ । प्रधानमन्त्री दाहालले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेकोपनि बताएका छन । 

प्रतिक्रिया