राष्ट्र संघका महासचिव गुटेरेसले कार्तिक संसदको दुवै सदनमा सम्बोधन गर्ने

नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । महासचिव गुटेरेसले सम्बोधन गर्ने बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई पनि आमन्त्रण गरिने छ । 
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । महासचिव गुटरेल कार्तिक १२ गते नेपाल आउने तय भएको छ । 

प्रतिक्रिया