छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीस र प्रधानसेनापति चीन जाने
प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन जाने भएका छन । प्रधानन्यायाधीश श्रेष्ठ र प्रधानसेनापति शर्मा यही महिना चीनका दुई शहरको छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन चीन जाने तय भएको हो । प्रधानसेनापति शर्माले बेइजिङ–सियाङसान फोरममा सहभागी हुन कात्तिक १० देखि १६ गतेसम्म बेइजिङको भ्रमण गर्ने भएका हुन । उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उदघाटन समारोहमा सहभागी हुनेछन । प्रधानन्यायाधीश श्रेष्ठ चीनको सर्वोच्च जन अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष झाङ जुनको निमन्त्रणामा असोज १२ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका हुन । लामो समयपछि चीनले नेपालका प्रधानन्यायाधीशलाई चीनको सिनजियाङ प्रान्तमा हुने कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ । बेल्ट एण्ड रोड इनिसिएटिभको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने पहिलो चाइना मध्य तथा दक्षिण एसियाली कानूनी मञ्चमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान गर्न लागेका हुन ।
प्रतिक्रिया