इजरायलमा मृत्यु भएका चार जनाको शव आज नेपाल पठाइने
हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आज नेपाल पठाइने भएको छ । पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशीष चौधरीको रहेको छ । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौँसम्म पुग्ने व्यवस्था मिलाइएको छ । फ्लाइट डिटेलअनुसार भोलि बिहान काठमाडौँ आइपुग्नेछ । अन्य शव पहिचानको काम भइरहेको पनि दूतावासले जनाएको छ । अक्टोबर सातमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ । चारै जनाको शव भने आइबार नेपाल आइपुग्नेछ । तेलअविवस्थित नेपाली दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै चार जनाको शव नेपाल पठाइने बारे जानकारी दिएको हो ।
प्रतिक्रिया