इजरायलको आक्रमणमा अठार प्यालेस्टाइनी इसाइको मृत्यु

गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको छ । राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चियन हताहती भएको र अल–शिफा अस्पतालमा पुगेको हमासले जनाएको छ । हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएअनुसार इजरायली हवाई आक्रमणबाट बच्न ४ सय भन्दा बढीले चर्चमा शरण लिएका थिए । यसैबीच इजरायल डिफेन्स फोर्सले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्ना लडाकु विमानहरूले हमास विद्रोहीहरूको कमाण्ड र नियन्त्रण केन्द्रलाई निशाना बनाई आक्रमण गरेको थियो ।
 

प्रतिक्रिया