हमास बिद्रोहीद्वारा दुई अमेरिकी बन्धक मुक्त

इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकी नागरिकलाई रिहा गरेको छ । हमासले अमेरिकी नागरिकहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको हो । उनीहरु आमाछोरी हुन् । इजरायलका प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा हमासको कब्जाबाट मुक्त गरेको उल्लेख छ । उनीहरुलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति निकालेर दुई अमेरिकी नागरिक रिहा भएको खबरले अत्यन्तै खुशी भएको भन्दै उनीहरुले चाँडै आफन्त भेट्ने बताएका छन  । अमेरिकी नागरिकलाई बन्धकमुक्त बनाउन समन्वय गरेको भन्दै उनले कतार र इजरायलको सरकारलाई धन्यवाद दिएका छन । दुई अमेरिकी रिहा भए पनि इजरायल र हमासबीच कुनै किसिमको साझेदारी नभइसकेको बताइएको छ । यद्यपि दुईलाई रिहा गरिनु स्थिति वार्ताउन्मुख रहेको संकेत मानिएको छ । हमासले दुई सय जनालाई मात्र बन्धक बनाएको दाबी गरेको छ । असोज २० गतेदेखि चलिरहेको हमास–इजरायल युद्धमा पाँच हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
 

प्रतिक्रिया