जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घट्यो
सरकारले शुक्रबार देखि लागू हुने गरी जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो । चाडपर्वको बेला उपभोक्तालाई सहज होस भनेर सरकारले खसी तथा च्याङग्रा खरिदमा अझ सहुलियत दिएको छ । सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७०÷– बाट घटनाएर ६५० र च्याङग्रा प्रतिकिलो १२ सय ५० बाट घटाएर प्रति किलो १२ सय २५÷– कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया