एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी, सिस्टम ह्याक गरेको प्रतिस्पर्धीको आरोप

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।  काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो । डा.केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरृका निर्वाचन समितिले जनाएको छ । काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो। संगठनको उपाध्यमा डा. हेम राज शर्मा , रोविन शेरचन , रामशरण सिमखडा , खगेन्द्र न्यौपाने , राज रेग्मी  र डा.विनोद श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी भइन् । 
 

प्रतिक्रिया