चिनी केजीको ११५्र भन्दा बढी लिए कारवाही गरिने

काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ । उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । सङ्घले  बुधवार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाएको बताएको छ । यस्तै, हिजो ३ सय ८२ बोरा चिनी  गएको छ । थप चिनी आज बजारमा जाने बताइएको छ । काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका सङ्घका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ । बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो । विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घले चिनी बिक्री गर्न थालेको हो ।

प्रतिक्रिया