गाजा पट्टीमा इन्धन आपूर्तिमा अवरोध नर्गन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले युद्धग्रस्त इजरायलको गाजा पट्टी क्षेत्रमा इन्धन लैजान अनुमति दिन आग्रह गरेका छन् । टेड्रोसले पत्रकार सम्मेलन गरि इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि आपूर्तिमा रोक नलगाउने इजरायलको घोषणालाई स्वागत गदै जीवनरक्षक आपूर्तिमा इन्धन थप्न पनि आग्रह गरेका छन् । यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहसंगै इजरायल सरकारले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने जनाएको थियो । हमाससम्म सहायता सामग्री नपुग्ने शर्तमा उसले आपूर्तिका लागि अनुमति दिएको थियो । इजरायल सरकारले अवरुद्ध प्यालेस्टिनी इलाकामा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न दिएकोमा इन्धन पनि थप्न टेड्रोसले आग्रह गरेका हुन् ।
 

प्रतिक्रिया