राष्ट्रसंघका महासचिव एन्टोनियो कात्तिक १२ गते नेपाल आउने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस यही कात्तिक दोस्रो साता नेपाल  आउने भएका छन । यसअघि नेपाल भ्रमण स्थगित गरेका महासचिव गुटरेस कात्तिक १२ गते काठमाडौँ आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी कात्तिक १२ गते बिहान नेपाल आइपुग्ने नयाँ भ्रमण तालिका तय भएको हो । नेपाल आइपुगेकै दिन महासचिव गुटरेससँग भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री एन पी साउद भने अमेरिका जाने गरी नयाँ कार्यतालिका बनाइएको छ । भ्रमणका क्रममा गुटरेसले राष्ट्रसंघको शान्ति मिशनमा नेपालको सहभागिता, नेपालको शान्ति प्रक्रिया र राष्ट्रसंघीय निकायले गरिरहेका कामबारे जानकारी लिनेछन । साथै उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतसँग पनि भेट गर्ने तय भएको छ । यसअघि उनी असोज २६ गते नै नेपाल आउने कार्यक्रम तय भएको थियो। । तर लगत्तै हमास र इजरायलबीच युद्ध सुरु भएपछि उनले नेपाल भ्रमण स्थगन गरेका थिए । ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन ।

प्रतिक्रिया