आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गरे पार्टी फुट्छ: महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएक छन् । आज नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रममा उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेका हुन । महामन्त्री थापाले निर्वाचन पूर्व काँग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पारे । आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेर गएमा पार्टी एक नरहने उनको दाबी छ ।
महामन्त्री थापाले झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने राष्ट्रिय सहमतिको सरकार भने आवश्यक नभएको बताए । कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उनको भनाइ थियो । निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने महामन्त्री थापाले जिकिर गरे । उनले वर्तमान सरकारले फागुन एक गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा नेपाली काँग्रेसले नमान्ने बताए ।
प्रतिक्रिया