११ किलो दोलखा सुन प्रकरणमा थप १ जना पक्राउ

दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । यसअघि चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ पक्राउ परिसकेका छन । चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपालतर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।। 

प्रतिक्रिया