मानव अधिकार आयोगसम्वन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सरकारको स्वीकृति

युवा तथा खेलकुदसम्बन्धी समझदारी पत्र स्वीकृत

सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विधेयकको मस्यौदा तर्जुमा गर्न स्वीकृति प्रदान गरेको हो । त्यस्तै बैठकले सरकारले युवा तथा खेलकुद सम्बन्धी समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । कतारसँग सूचना र सञ्चार क्षेत्रसँग समझदारी पत्र स्वीकृत गर्ने र सञ्चार मन्त्रालयलाई सरकारको तर्फबाट सो समझदारी पत्रमा समकक्षीसँग हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि बैठकले गरेको छ । 
बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको पनि जानकारी दिइन । 

प्रतिक्रिया