रुसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सि जिनपिङविच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सि जिनपिङविच आज बेइजिङमा भेटवार्ता भएको छ । भेटमा चिनिया राष्ट्रपति सीले ‘अन्तर्राष्ट्रिय निष्पक्षताको रक्षा’ र ‘न्याय’ का लागि चीन र रुस संयुक्त प्रयासका लागि आग्रह गरेका छन । उनले दुवै मुलुकबीचको ‘घनिष्ठ र प्रभावकारी रणनीतिक समन्वय’ को प्रशंसासमेत गरेका छन । उनले दुई मुलुकबीचको ‘आपसी राजनीतिक विश्वास’ निरन्तर गहिरो हुँदै गएको बताएका छन् ।’द्विपक्षीय व्यापार ऐतिहासिक उचाइमा पुगेको राष्ट्रपति सी को भनाइ छ । दुवै मुलुकले तय गरेको दुई खर्ब अमेरिकी डलरको लक्ष्यको दिशातर्फ व्यापार अघि बढेको उनले बताएका हुन । पछिल्लो १० वर्षमा आफूले राष्ट्रपति पुटिनलाई ४२ पटक भेटेको स्मरण गर्दै सीले आफूहरूबीच राम्रो सम्बन्ध र गहिरो मित्रताको विकास भएको बताएका छन । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रिय रूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो । चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ । युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र।आफू यो मामिलामा तटस्थ रहेको बताउँदै आएको छ ।  
 

प्रतिक्रिया