राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

लिस्बन (पोर्चुगल) । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौँ समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

 मङ्गलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत नेपालले राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत नेपालले राजासँग केही समय शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोसहित सहयोग अभिवृद्धिका बारेमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत नेपालले राजा फिलिपसँगको भेटमा नेपालको परराष्ट्र नीतिको प्राथमिकता, विकासका योजना र कार्यक्रम तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासका बारेमा राजालाई अवगत गराएका थिए ।  

भेटका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाउँदै राजदूत नेपालले राजा फिलिपलाई नेपाल भ्रमणका लागि आग्रह गरेकामा राजा फिलीपले आफूले धेरै अगाडि नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका राजदूत नेपालले  जानकारी दिए ।

पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त भएका थिए । नेपाल र स्पेनबीचमा सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको थियोे ।
 

प्रतिक्रिया