पार्टी र नेताको नाममा आउने विशेष उपहार नलिन रास्वपा सभापति रवि लामिछानको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टी र नेताको नाममा आउने गरेको विशेष उपहार अस्वीकार गर्न आग्रह गरेका छन् । पूर्व सूचनाबिना केन्द्रीय कार्यालयमा विशेष उपहार आइरहेको भन्दै उपहार लिने पार्टीको नीति नभएको अवगत गराएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन रहेको उनले उल्लेख गरेका छन् । हार्दिक सम्बन्ध निरन्तरताको कामना तथा  भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा–हुँदै पनि रास्वपाले उपहार स्वीकार नगर्ने नीति लिएको जानकारी गराएका छन् । जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा एजेन्डाप्रतिको ऐक्यबद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रूपमा ग्रहण गरिदिन सम्बद्ध सबैमा उनले आग्रह गरेका छन् । 
 

प्रतिक्रिया