सुर्खेतका प्रशिद्ध शिवमन्दिरमा भब्य मेला
काठमाडौं । महाशिवरात्रीको अवसरमा सुर्खेत बिरेन्द्रनगर ९ लाटीकोइलीस्थित प्रशिद्ध शिवमन्दिरमा भब्य मेला लागेको छ ।
सुर्खेत र आसपासका स्थानवाट पूजा आराधना गर्नका लागि मन्दिरमा भक्तजनको घुइँचो छ । सुर्खेत लाटीकोइलीमा रहेको शिव मन्दिरमा महाशिवरात्री पर्व प्रत्येक बर्ष भव्यताका साथ मनाउने गरिएको छ ।
सुर्खेत जिल्ला र आसपासको क्षेत्रमा हजारौं तिर्थालु भक्तजनहरु सहभागि हुने गरेका थिए । पछिल्लो समय अर्धनागेश्वर शिवको मुर्ती, हमन गृह रहने छ ।
मन्दिर परिसरमा प्रतिक्षालय, चिल्ड्रेन पार्क, भजनकृतन कक्ष समेत निर्माण भएपछि मन्दिरमा घुम्न जानेको संख्या पनि बढेको छ ।
मन्दिरमा ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्ति स्थापना गरिएको छ । शिलालेख अनुसार शाके संवत् १५०४ र इस्वी संवत् १६३९ मा यो मन्दिर स्थापना भएको हो ।
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

प्रतिक्रिया