सिन्धुलीका विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं । महाशिवरात्री पर्वका अबसरमा सिन्धुलीको कुशेश्वर महादेव, शिद्धबाबा, मधुगंगा महादेवस्थानलगायतका शिवालयमा मेला लागेको छ ।  

सिन्धुली, रामेछाप र काभ्रेपलान्चोकको सिमाक्षेत्रमा अवस्थित कुशेश्वर महादेवस्थानमा श्रद्धालु भक्तजनले सुनकोशी र रोशी नदीमा स्नान गरी महादेवको पूजाअर्चना गरेका छन् । कमलामाई  ९ मा अवस्थित शिवमन्दिरमा दर्शनालु भक्तजनहरुको ठूलो घुइचो लागेको छ ।

 त्यस्तैगरी सिन्धुलीको च्याउकोटमा रहेको शिद्धबाबा मन्दिर, लगाएत हतपतेमा रहेको मधुगंगा महादेव मन्दिर, लगायत शिवालयहरुमा भक्तजनहरुको उल्लेख्य उपस्थिीति रहेको छ ।
 

प्रतिक्रिया