तनहुँको शिव पान्चायन मन्दिरमा शिवरात्रिको अबसरमा विशेष मेला

काठमाडौं । चार बेद अठार पुराणका रचायिता भगवान बेद ब्यासको जन्मस्थल तनहुँको शिव पान्चायन मन्दिरमा शिवरात्रिको अबसरमा विशेष मेला लागेको छ ।

 पराशर ऋषिको तपो भुमि ,प्रसिद्ध मादी र सेतीको संगम स्थलस्थलमा विहानैदेखि दर्शनार्थीहरु पूजाका लागि पुगेका हुन । तनहुँका विभिन्न स्थानवाट मेला भर्नाका लागि भक्तजनहरु शिव पान्चायन मन्दिरमा भेला भएका छन । 

परापुर्व कालमा शिव भगवान र पार्वतीम माताले पृथ्वी भ्रमणका बेला भगवान बेद ब्यास, महर्षि पराशर र माता छाब्दीबाराहीको धार्मिक पुन्य स्थानमा समेत पुगेको पौराणिक मान्यता रहेको छ ।

 शिवरात्रीका यहाँ पूजा गर्नका लागि लमजुङ ,गोर्खा, चितवन, कास्की, स्याङ्जा र नवलपरासीवाट समेत भक्तजन पुग्ने गर्दछन ।

प्रतिक्रिया