सिद्धबाबा मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुँइचो

रूपन्देह । रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनहरूको घुँइचो लागेको छ । 

भक्तजनहरूलाई मन्दिर दर्शनका लागि राति २ बजेदेखि नै खुला गरिएको छ । रुपन्देही आसपासमा रहेका भजन मण्डलीबाट भजन किर्तन र सोही रात जाग्रामसहितका विशेष पूजाआजाको तयारी गरिएको छ । 

पाल्पाको तिनाउ गाउँपालिकामा रहेको मन्दिरलाई लुम्बिनी प्रदेशकै पशुपतिनाथका रुपमा लिने गरिन्छ ।  

बुटवलको तल्लो सिद्धबाबा मन्दिर, सैनामैनाको पर्रोहा बोलबम धाम, बुटवलको नरैनापुर धाम, बेलबासको मुक्तिनाथ धाम, बुटवल कालकानगरको कालिका मन्दिर, दिपनगर मन्दिर, योगिकुटी मन्दिर लगायतमा पनि आज मेला लागेको छ ।

प्रतिक्रिया