मुख्यमन्त्री आचार्यदद्वरा पाण्डवश्वर धाममा पूजा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवश्वर धाम धारपानीको मूल मन्दिरमा पूजा गरेका छन । 

 घोराही उपमहानगरपालिका–५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष पूजामा मुख्यमन्त्री आचार्यले सहभागी भई पूजा गरेका हुन । सो अबसर नेपाली सेनाको एक टुकडीले त्रिशुललाइ सलामी अर्पण गरेको थियो । पाण्डवेश्वर धाम धारपानी धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ । 

महाभारतकालमा पाण्डवहरू वनवासको क्रममा यहाँ आएर तपस्या गरेको धार्मिक मान्यता छ । सोही कारण यस स्थानको नाम ’पाण्डवेश्वर धाम’ रहन गएको बताइन्छ ।यस मन्दिरमा विशेषगरी महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी तथा अन्य हिन्दू पर्वहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

 पाण्डवेश्वर धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक रूपमा समेत आकर्षक गन्तव्य हो । यहाँस्थित प्राचीन गुफा, जलस्रोत र हरियाली वातावरणले पर्यटकहरूलाई समेत लोभ्याउने गरेको छ ।। 
 

प्रतिक्रिया