अब ५० लाख डलरमा अमेरिकी नागरिकता किन्न पाइने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगानीकर्ता भिसाको सट्टा ५० लाख डलरको  ‘गोल्ड कार्ड’ भिसा दिने घोषणा गरेका छन् । 

ट्रम्पले  विश्वका धनाढ्य व्यक्तिहरुलाई अमेरिका भित्र्याउने लक्ष्य गरी ‘गोल्ड कार्ड’ भिसाको घोषणा गरेका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ट्रम्पले मंगलबार लगानीकर्ताहरूको लागि ३५ वर्ष पुरानो भिसाको सट्टा ५० लाख डलरमा (६९ करोड ५० लाख नेपाली रुपैयाँ) अमेरिकाको नागरिकता किन्न सक्नेगरी  “गोल्ड कार्ड“ भिसाको  प्रस्ताव ल्याएका हुन् । यसले अमेरिकाको नागरिकता प्राप्त गर्न सहज हुने बताइएको छ । 
ट्रम्पले ‘गोल्ड कार्ड’ बारे भनेका छन् – “तिनीहरू धनी हुनेछन् र तिनीहरू सफल हुनेछन्, र उनीहरूले धेरै पैसा खर्च गर्नेछन् र धेरै कर तिर्नेछन् र धेरै मानिसहरूलाई रोजगारी दिनेछन्, र हामीलाई लाग्छ कि यो अत्यन्त सफल हुनेछ ।”

सन् १९९० बाट अमेरिकी कांग्रेसद्वारा विदेशी लगानी कर्ताहरुको लागि अमेरिकामा इबी(५ भिसाको ब्यवस्था गरिको थियो । त्यसको प्रतिस्थापन गरेर ‘गोल्ड कार्ड’ भिसा ल्याइएको हो । ५० लाख डलर तिरेर धनाढ्यहरुले अब ‘गोल्ड कार्ड’ भिसा किन्न सक्नेछन् ।   
 

प्रतिक्रिया