बझाङ केन्द्रबिन्दु भएर पुन: भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । गएराति १० बजेर ३ मिनेटमा बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो । बझाङ केन्द्रबिन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गइसकेको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् । बझाङ केन्द्रबिन्दु भएर गत असोज १६ गते गएको ६.३ म्याग्निच्यूडको भूकम्पका कारण एकजनाको मृत्यु हुनाका साथै ३० जनाभन्दा धेरै घाइते भएका थिए। भूकम्पले धेरै भौतिक संरचना पनि क्षतिग्रस्त बनेका छन् । 

प्रतिक्रिया