नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ । 

महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् । 

महाधिवेशनले सङ्गठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं  समसामयिक विषयमा छलफल हुने बताए । 

उनले भने, “राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ ।” रासस

प्रतिक्रिया