मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्वको शुभकामना
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्रि पर्वको सम्पूर्ण स्वदेशी तथा विदेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आज एक शुभकामना सन्देश जारी गर्दै पर्वको उपलक्ष्यमा प्रदेशसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । ।
“हाम्रो मुलुकमका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरुपम मानेर आस्था राख्ने विश्वभरिका श्राद्धालुका लागि नेपाल सदैव आध्यामिक चिन्तनको केन्द्र रही आएको छ”, सन्देशमा भनिएको छ ।
उनले यसपर्वले हामीलाई एक आपसमा मिलेर बस्न र भाइचाराको भावना विकास गर्न सहयोग पुराएको भन्दै बहुभाषिक, बहुधार्मिक र बहुजातिय मिश्रण रहेको हाम्रो मुलुकमा यस्ता आस्थाका धरोहरले धार्मिक सहिष्णुता अभिवृद्ध गरेको उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले पवित्र पाशुपतक्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुका लागि गौरवको विषय हो भन्दै पवित्र पाशुपात क्षेत्रको विकास र प्रचारप्रसार गर्दै नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।
उनले सन्देशमा भनेका छन्, “प्रदेश सरकार सबै किसिमका धर्म र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै धार्मिक क्षेत्रको विकासलाई पर्यटनसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा क्रियाशील छ ।”
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको उल्लेख गरेका छन् । उनले शिवरात्रिसँगै मनाइने सैनिक दिवसका अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् ।
लक्ष्यको तुलनामा धान खरिद कम

होटल बन्दीपुर हिल अन्तिम चरणमा

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
सात महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ आयात
‘ अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ’
वीरगञ्ज नाका हुँदै सात महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात
पहिलो पटक सेपाक ताक्रो खेलको नमुना अभ्यास

प्रतिक्रिया