इलामको चिया प्रशोधन उद्योगमा आगलागी, ७ करोडको क्षति

इलाम । इलामको जस्जबीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा मंगलबार राति आगलागी हुँदा करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन । 

उद्योगका सञ्चालक शरद सुब्बा केही समयअघि नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गरेर युरोपका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया