अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपाल र म्यानमार उपाधिका लागी भिड्दै

काठमाडौं । चार देशीय अन्र्तराष्ट्रिय महिला फुटबलको फाइनलमा आज नेपालले म्यानमारसँग खेल्दैछ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा खेल बेलुका ६ बजेबाट शुरु हुनेछ । फाइनल खेल अघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा दुबै देशका टोलीले आफूले उपाधि जित्ने दाबी गरेका छन् । नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फाइनलका लागि तयारी राम्रो भएको बताइन् ।
म्यानमारका मुख्य प्रशिक्षक टेस्टसुरो युकीले पनि फाइनल खेलको तयारी राम्रो भएको र फाइनलमा अझै राम्रो खेल्ने बताए । घरेलु टोली नेपाल र म्यानमार दुबैले अपराजित यात्रा कायम गरेर फाइनलसम्मको यात्रा तय गरेका हुन् ।
लिग चरण अन्तर्गतको अन्तिम खेल दुबैले २–२ को बराबरी खेलेका थिए । नेपालले लिग चरणमा किर्गिस्तान र लेबनानलाई समान १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो । म्यानमारले भने लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले पराजित गर्दै लिग विजेता बनेर नेपालसँगको भेट पक्का गरेको हो ।
फिफा वरियातमा म्यानमार ५५औँ र नेपाल १०३ औँ स्थानमा रहेको छ । नेपालले हालसम्म म्यानमारलाई हराउन सकेको छैन । म्यानमारलाई बराबरीमा रोकेकाले यसपटक नेपालले उपाधि उचाल्ने धेरैले आँकलन गरेका छन् ।
एन्फाले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर प्रतियोगिता आयोजना गरेको हो ।
सुडानमा सैनिक विमान दुर्घटना, ४६ जनाको मृत्यु

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

प्रतिक्रिया