अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताका शर्तमा सहमत

एजेन्सी । अमेरिका र युक्रेन खनिज सम्झौताका शर्तमा सहमत भएको छ  । कयौँ राम्रा संशोधनहरु परेका भए पनि मस्यौदामा के छ, के छैन भन्ने सन्दर्भमा पूर्ण जानकारी आइनसकेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदोमिर जेलेन्स्कीलाई सम्झौतामा हस्ताक्षर गर्नका लागि वाशिंटन डिसी बोलाएका छन । जेलेन्स्की सम्भवत शुक्रबार वाशिंटन जाने बताइएको छ । 

ट्रम्पले युक्रेन र रुस युद्ध अन्त्यका लागि मध्यस्तता गर्दै आएका छन् । उता बेलायती प्रधानमन्त्री कीर स्टार्मरले रुसी नेता भ्लादिमिर पुटिनको आक्रामकता नरोकिएको भन्दै युक्रेनको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन् । उनी बिहीबार ट्रम्पलाई भेटन अमेरिका जाने कार्यक्रम छ ।

रुससँगको कुनै पनि युद्धविराम सम्झौताको एक हिस्साका रूपमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाउने प्रयास गर्ने बताइएको छ । यसअघि ट्रम्पसँग भेटेर फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोनले शान्ति भनेको युक्रेनको ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिएका छन् । 

यसैबीच अमेरिकी ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गरेका छन् । यद्यपि, चीनले आफ्नो रक्षा खर्च  ‘पूर्णतया आवश्यक’ भएको बताएको छ । 

रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण शुरु गरेदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेको छ । तर, एसिया–प्रशान्त क्षेत्रमा तनाव कायमै रहेकाले हालैका वर्षहरूमा चीनमा पनि खर्च बढेको छ । 
 

प्रतिक्रिया