भद्रपुरझापा गोल्डकप : झापा–११ र भुटानको डागा युनाइटेड भिड्दै

झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ ।
प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको होे ।
यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपाली सहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ ।
रासस
सुडानमा सैनिक विमान दुर्घटना, ४६ जनाको मृत्यु

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

प्रतिक्रिया