परराष्ट्रमन्त्री साउद अर्को साता अमेरिका भ्रमणमा जाने

परराष्ट्रमन्त्री एनपी साउद अर्को साता अमेरिका भ्रमणमा जाने भएका छन  अमेरिकी विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले सहकार्य गरी कात्तिक ७ देखि ९ सम्म वासिङन डीसीको भ्रमण गर्न लागेका हुन । भ्रमणका क्रममा साउदले विदेशमन्त्री एन्टोनी ब्लिकेनसँग द्विपक्षीय भेटवार्ता गर्नेछनरु। भ्रमणमा दुई मुलुकबीचको सम्बन्ध, विकास साझेदारी, नेपालमा कार्यान्वयनमा गएको अमेरिकी पाँच सय मिलियन डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी लगायतका विषयमा कुराकानी हुनेछ । मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुने बताइएको छ । सन् २०१८ मा केपी ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यस बेला डिसेम्बर १८ देखि २१ सम्म अमेरिकाको भ्रमण गरेका थिए। 
 

प्रतिक्रिया