नवलपरासीमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मङ्गलबार साँझ मृत्यु भएको हो ।
झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको छ । पावारियाको अवस्था जटिल रहेकाले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने लोनियको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको उपरीक्षक फुयाँलले बताए ।
मङ्गलबार बिहान १० बजे सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो । झडपमा १९ जना घाइते भएका थिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको (जनपद) बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको थियो ।
घाइते हुनेमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना रहेका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि पाँच राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । अहिले झडप भएको स्थानमा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस
_IuBiAtWhNx_auh7p6t61aeppws89pgvpzm4fwa9ml27c82njywduz1dfbmjxgbrx7dcj073_vG9fIWCBW7_pnjsz46ya1hytj82ii7wemuz4bauvvipavokqu5kmrkn5g97nllzyimnkrik.jpg)
डोलेश्वरका चारै ढोका खुल्ला (तस्बिरहरु)
स्थापना दिवससको अवसरमा सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाईं

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
बागलुङको मालिका भगवती मन्दिर पुनर्निर्माण शुरु
तनहुँमा अपाङ्गता भएकालाई घरमै नागरिकता
मलेखुमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

प्रतिक्रिया