नेपाललाई विकास र समृद्धिको बाटोमा डोर्‍याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्‍याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्ने बताएका छन् ।  

मंगलवार महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्‍याउन सकेमात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने बताए । राजनीतिको केन्द्र जनतामा हुनुपर्ने राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपति पौडेलले  राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पुर्‍याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । 

राष्ट्रपति पौडेलले  महेन्द्र नारायण निधीजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको पनि बताए ।

प्रतिक्रिया