उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयघात भएपछि बेइजिङस्थित अस्पतालमा भर्ना

चीन भ्रमणमा रहेका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।  श्रेष्ठलाई बुधबार बेलुका सामान्य खालको हृदयघात भएकोे बताइएको छ । उनको मुटुको भल्भमा समस्या देखिएको हो । भल्भमा रक्तसञ्चारमा देखिएको अवरोध खुलिसकेको रश्रेष्ठको मुटुमा एन्जियोप्लाष्ट गरी एउटा स्ट्याण्ड राखिएको बताइएको छ । छाति दुखेपछि अस्पताल पुगेका श्रेष्ठलाई बेइजिङस्थित अस्पतालमा भर्ना गरिएको  हो । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । श्रेष्ठ असोज २९ गते तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन बेइजिङ प्रस्थान गरेका थिए । उनी मङ्गलबार र बुधबार बेइजिङमा भएको सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफलमा सहभागी भएका थिए ।

प्रतिक्रिया